Logo

अर्थ

सोपान फर्मास्युटिकल्सको आइपीओ बाँडफाँड



काठमाडौं । सोपान फर्मास्युटिकल्सको आइपीओ आज बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज बिहान आयोजित कार्यक्रममा सोपान फर्मास्युटिकल्सको आइपीओ बाँडफाँड गरिएको हो।

यो कम्पनीले गत वैशाख ३ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ३४ लाख ७४ हजार ९०० कित्ता आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओमा २७ लाख ६८ हजार ७४३ आवेदकबाट ३ करोड ३ लाख ६६ हजार ९५० कित्ता सेयर माग भएको थियो।

यस आइपीओमा २७ लाख ३० हजार ९८७ आवेदकबाट माग भएको २ करोड ९९ लाख ६ हजार ५२० कित्ता सेयर सदर भएको छ भने ३७ हजार ७५६ आवेदकबाट माग भएको ४ लाख ६० हजार ४३० कित्ता बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी ३ लाख ४७ हजार ४९० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।

आइपीओ नतिजा धितोपत्र बिक्री प्रबन्धकको वेबसाइटका साथै सीडीएससीमा गएर हेर्न सकिन्छ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार १०:४०   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।