Logo

अर्थ

आज पनि सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुन प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी तोलामा ११५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ४ हजार ८१० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार १०:५५   :  बजे

255
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।