Logo

मनोरञ्जन

कुमार शिवाकोटीको भिझाएर आँशु सार्वजनिक



काठमाडौं । नेपाली समाजमा रहेको दुई पुस्ता बीचको द्वन्द्वको कथालाई समेटेर तयार पारिएको ‘भिझाएर आँशु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक रामकृष्ण ढकालको सुमधुर स्वरमा सजिएको यस गीतलाई अमेरिकाको पेन्सिलभेनिया निवासी गीतकार कुमार सिवाकोटीले लेखेका हुन् । दिपक शर्माले संगीतवद्द गरेको यस गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको छ ।

सुजन श्रेष्ठले छायाँकन गरेको यस म्युजिक भिडियोमा कलाकारहरु सुधिर श्रेष्ठ, उषा उप्रेती, सुरवीर पण्डित र हिउँवाला गौतमको अभिनय रहेको छ । भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । मुनालशिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो ‘जन्मभूमि इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।

गीतकार कुमार सिवाकोटीको शब्दमा हालसम्म १५० बढी गीतहरु सार्वजनिक भैसकेका छन् । अमेरिकामा बसोबास गर्दै आइरहेका सिवाकोटी विभिन्न व्यवसायमा आबद्द छन् । यसअघि सिवाकोटीको शब्दमा रहेको ‘जँहा भए नि नेपाली बन्न पाइयोस’ र ‘सानीलाई’ बोलको गीत दर्शक स्रोता माझ लोकप्रिय छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७९, मंगलवार १२:०९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।