Logo

मनोरञ्जन

अभिनेत्री सुरक्षा पन्त र मानव सुवेदीबीच इन्गेजमेन्ट, भाेलि विवाह बन्धनमा बाँधिदै



काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच इन्गेजमेन्ट भएको । सामाजिक संजाल फेसबुकमार्फत इन्गेजमेन्टको तस्बिर सार्वजनिक गर्दै पन्तले नयाँ अध्याय सुरु भएको बताएकी छन् ।

सुरक्षाले लेखेकी छन्, ‘आजबाट नयाँ अध्याय सुरु हुँदैछ । हामी धेरै खुसी छौं । आशिर्वाद दिनुहोला ।’ तस्बिरमा दुवैले टीका र फूलमाला लगाउँदै इन्गेजमेन्ट रिङ पनि लगाएका छन् ।

उनीहरुबीच बिहीबार चितवनको सौराहामा विवाह हुँदैछ । विवाहअघि सुरक्षा र मानवले सम्बन्धबारे औपचारिक रुपमा जानकारी दिएका हुन् । ६ वर्षदेखिको प्रेमलाई सुरक्षा र मानवले विवाहमा परिणत गर्न लागेका हुन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार १६:२९   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।