चलचित्र ‘छक्का पञ्जा ४’ को ‘सिरुपाते जुंगामा’ बोलको गीत ट्रेन्डिङ नम्वर १ मा परेको छ ।
दुई दिन अघिमात्र रिलिज भएको उक्त गीतलाई दर्शकले १२ लाख पटक हेरेका छन् ।
चलचित्र रिलिज अगावै गीत टिकटकमा भाइरल भइसकेको थियो । ट्रेलरमा राखिएको गीतको थोरै अंशले दर्शकको राम्रो साथ पाएको थियो ।
टिकटकमा भाइरल भएपछि चलचित्र रिलिज भएको केही समयमा नै उक्त गीत युट्युब सार्वजनिक गरियो । सार्वजनिक गीत अहिले ट्रेन्डिङको पहिलो स्थानमा छ ।





















प्रतिक्रिया