Logo

प्रमुख समाचार

उपराष्ट्रपति निर्वाचन : चारैजनाको उम्मेदवारी कायम



काठमाडौं । उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराएका चारैजनाको उम्मेदवारी कायम भएको छ । उम्मेदवारविरुद्ध परेको उजुरीमाथी जाँचबुझ गरेर निर्वाचन अधिकृतको कार्यालयले आज (आइतबार) उम्मेदवारको नामावली प्रकाशन गरेको हो ।

उपराष्ट्रपतिमा सत्तारुढ दलकै गठबन्धनबाट रामसहायप्रसाद यादव, प्रमिलाकुमारी यादव र ममता झा गरी तीनजना र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य गरेर चारजनाको उम्मेदवारी परेकोमा चारैजनाको उम्मेदवारी कायम भएको निवाचन अधिकृतको कार्यालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

यसअघि शनिबार जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादविरुद्ध उजुरी परेको थियो । उजुरीमाथि जाँचबुझ गर्दै निर्वाचन अधिकृतको कार्यालयले यादवको उम्मेदवारी पनि कायम गरेको छ । १० दलीय गठबन्धनमा रहेको जसपालाई उपराष्ट्रपति दिने सहमतिअनुसार यादवको उम्मेदवारी दर्ता भएको थियो ।

तर जसपाले प्रमिलाकाे उम्मेदवारी फिर्ता गराउने बताएका छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आईतवार १३:५५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।