काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले बृहत् शान्ति सम्झौता भंग हुने चिन्ता बढेको बताएका छन् । शान्ति प्रक्रियालाई संवैधानिक अंग बनाइसकेपछि सत्य निरुपण तथा मेलमिलाप आयोगबाट टुंग्याउनुपर्नेमा रेगुलर कोर्टमा मुद्दा पुगेपछि यस्तो चिन्ता बढेको उनले बताए ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित माओवादी धारका पार्टीहरुको संयुक्त पत्रकार सम्मेलनमा महासचिव गुरुङले ‘संक्रमणकालीन न्यायसँग जोडिएका मुद्दाहरुको बारेमा जसरी छलफल चलिरहेको छ । शान्ति प्रक्रियाभन्दा फरक ढंगले संवैधानिक मान्यताभन्दा फरक ढंगले जान खोजिएको छ । अहिले क्षेत्राधिकारभन्दा फरक ढंगले जान खोजिएकाले कतै शान्ति प्रक्रिया उल्टिने त होइन भन्ने चित्ता प्रकट भएको छ ।’
यो विषयमा सबैको ध्यानाकर्षण गराउन माओवादी घटक एक ठाउँमा उभिएको गुरुङले बताए । ‘शान्ति प्रक्रियामा भएको सम्झौताअनुसार नै समस्याको समाधान हुनुपर्छ’, उनले भने । संसदमा विधेयक पुगे पनि एमालेको नेतृत्वले शान्ति प्रक्रिया टुंग्याउन नचाहेको महासचिव गुरुङको आरोप छ ।




















प्रतिक्रिया