Logo

प्रमुख समाचार

नेपाललाई ०४७ सालमा फर्काउन खोजिए हामी चुप लागेर बस्दैनौं : विप्लव



काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिलेको व्यवस्था उल्टाएर नेपाललाई ०४७ सालमा फर्काउन खोजेको भन्दै आफूहरू चुप लागेर नबस्ने चेतावनी दिएका छन् । उनले अहिले कुनै पार्टीको मात्रै नभएर आज सिंगै नेपाली जनताको अधिकार संरक्षण गर्नुपर्ने बताए ।

माओवादी धारका पार्टीहरूको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै विप्लवले भने, ‘हामी सडकमा सुन्छौं यो परिवर्तनलाई पनि फर्काएर ०४७ सालमा लान खोजिँदैछ । त्यो कदापि स्वीकार हुन सक्दैन । त्यो समाधान पनि होइन । यो समाधान भनेको संसदीय व्यवस्था, दलाल व्यवस्था पूँजीवादी व्यवस्थाले पनि थेग्न नसकेको नेपाली जनताको अपेक्षा चाहनालाई थेग्न नसकेको परिस्थिति हो । यसलाई अग्रमागामी परिवर्तन गरेर वैज्ञानिक समाजवादतिर लानुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ ।’

विप्लवले माओवादीहरु एक भएर जानुपर्ने पनि बताए । ‘हामी एकताबद्ध भएर जानुपर्छ । नेपाललाई अझै रुपान्तरण गरेर पुर्नसंरचनातर्फ लैजाने सोच्नुपर्छ । त्यो भएमात्रै हामी सफल हुनसक्छौं । हामी निराश हुनुपर्ने जरुरी छैन । आगोको भुँग्रोमा अहिले दलालहरूले मट्टीतेल छर्किएको जस्तो छ’, उनले भने, ‘माओवादी भर्भराउँदै उठ्यो भने त्यो आगोको ज्वालामा सबै षड्यन्त्र खरानी हुन्छ ।’

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आईतवार १६:३०   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।