Logo

प्रमुख समाचार

एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी



काठमाडौं । नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी नियुक्त भएका छन् । दलका नेता केपी शर्मा ओलीले आइतबार पूर्वस्वास्थ्यमन्त्री गिरीलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।

यसैगरी अध्यक्ष ओलीले महेश बर्तौलालाई सचेतक चयन गरेका छन् । गिरी पर्वत र बर्तौला मकवानपुर २ बाट निर्वाचित सांसद हुन् । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको चार महिनापछि एमालेले दलको प्रमुख सचेतक र सचेतक चयन गरेको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आईतवार १८:२४   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।