काठमाडौं । उपराष्ट्रपतिमा नेकपा माओवादी केन्द्रले जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका रामसहाय यादवलाई सहयोग गर्ने भएको छ । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार यादवलाई सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका हुन् ।
सत्ता गठबन्धनबाट साझा उम्मेदवारका रुपमा एक जनालाई अघि सार्ने भनिए पनि सहमति हुन नसकेपछि तीन जनाले उम्मेदवारी दिएका थिए । जसपाकै प्रमिलाकुमारी यादव र जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दिएकामा प्रमिलाले उम्मेदवारी निष्क्रिय पारेकी छन् भने रामसहाय र ममताको कायमै छ । गठबन्धनमै रहेका दुई दलले उम्मेदवारी दिएपछि माओवादी जसपाका यादवलाई नै सहयोग गर्ने प्रचण्डले प्रतिबद्धता गरेका हुन् ।
सोमबार उम्मेदवार यादव प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदबार पुगेका थिए । प्रधानमन्त्रीले संघीयता र गणतन्त्रको रक्षा निमित आफू र आफ्नो दलले सबै सहयोग गर्ने प्रतिबद्धता जनाएको जसपा सांसद प्रदीप यादवले जानकारी दिए ।




















प्रतिक्रिया