Logo

राजनीति

राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मूले दिइन् बधाई



काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय समकक्षी द्रौपदी मुर्मुले बधाई तथा शुभकामना व्यक्त गरेकी छन् । मुर्मूले सोमबार वक्तव्य जारी गर्दै पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेकी हुन् ।

‘तपाईंको सक्षम मार्गदर्शनमा हाम्रो व्यापक सहयोग अझ सुदृढ हुनेमा म विश्वस्त छु। म हाम्रो द्विपक्षीय साझेदारीलाई थप सुदृढ गर्न तपाईंसँग नजिकबाट काम गर्न तत्पर छु’, मुर्मूले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

यस क्रममा उनले नेपाल र नेपाली जनताको उन्नति र समृद्धिका लागि शुभकामना पनि व्यक्त गरेकी छन् । नवनिर्वाचित राष्ट्रपति पौडेललाई अष्ट्रेलिया, अमेरिकाका लगायत देशका नेपालस्थित राजदूतहरूले पनि बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार १८:३०   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।