Logo

प्रमुख समाचार

पुरुष राष्ट्रपति भएपछि महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहितको रिट ‘दरपिठ’



काठमाडौं । पुरुष राष्ट्रपति भएपछि महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा परेको रिट मंगलबार दरपिठ (दर्ता गर्न अस्वीकार) भएको छ । अधिवक्ता राधिका खतिवडाले सोमबार अदालतमा पेश गरेकी सो रिटको अध्ययनपछि रजिस्ट्रारको आदेशबाट दरपिठ भएको जानकारी दिइएको छ ।

यसअघि आइतबार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले १० दलीय गठबन्धनको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायम गरेको थियो ।

निर्वाचन अधिकृत महेश शर्मा पौडेलले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले उनको उम्मेदवारी पनि कायम रहने बताएका थिए । उम्मेदवार यादवको उम्मेदवारीमा नेकपा एमाले र जनमत पार्टीबाट दाबी विरोध परेको थियो ।

आफ्नो (पुरुष) उम्मेदवार रामसहाय यदावविरुद्ध रिट पर्ने डरकै कारण जसपाले प्रमिलाकुमारी यादवलाई पनि अघि सारेको थियो । यद्यपि उनले पछि रामसहायलाई नै सहयोग गर्ने बताउँदै उम्मेदवारी निष्क्रिय भएको घोषणा गरिसकेकी छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलवार १३:३९   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।