काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र सार्ने निर्णयविरुद्ध विद्यार्थी संगठनहरूले विरोध जनाएका छन् । यही चैत १२ गतेदेखि हुने स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र अध्ययनरत क्याम्पसभन्दा धेरै टाढा राख्ने निर्णय सच्याउन उनीहरुले विरोध गरेका हुन् ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आज संयुक्त विज्ञप्ति जारी गरेर आपत्ति जनाएका हुन् । यो निर्णयबाट विद्यार्थीहरुमा मनोवैज्ञानिक असर पर्ने उनीहरुको ठहर छ ।
‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विद्यार्थीहरु सहभागी भएको अवस्थामा विद्यार्थीलाई अनावश्यक तनाव र दुःख दिने मनसायका साथ विद्यार्थीले अध्ययनरत क्याम्पसभन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय तत्काल सच्याउन परीक्षा नियन्त्रण कार्यालयसमक्ष संयुक्त विद्यार्थी संगठनहरु जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा लेखिएको छ ।






















प्रतिक्रिया