काठमाडौं । गायिका सुनिता थेगिमको गीत ‘म पर्खिरहेछु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएकाे छ ।
प्रयास दुमी राईको शब्द, सुनिता थेगिमको संगीत रहेको गीतमा दिवेश राईको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको छ । काठमाडौं र ललितपुरको रमणिय स्थालहरुमा छायाँकन गरिएको भिडियोमा शन्त कुमार राई र अनुसा राईको अभिनय देख्न सकिन्छ ।
भिडियोमा खुशी साथ प्रेम र रोमान्समा डुब्दै गरेका मायालु जोडीबिचको कलात्मक शैलीमा देखाएका छन् । भिडियोमा इशाक जगेवुको छायाँकन, सम्पादन तथा निर्देशन रहेकाे छ । गीतको भिडियोलाई एस के आर पिक्चरबाट सार्वजनिक गरिएकाे हो ।





















प्रतिक्रिया