एजेन्सी – कमेडियन कपिल शर्माले विगत केही वर्षदेखि आफ्नो ‘द कपिल शर्मा शो’ मार्फत दर्शकको मन जित्दै आएका छन् । तर, शोसँग जोडिएको नयाँ विवरणले कमेडियनका फ्यानहरूलाई चकित पार्ने निश्चित छ । रिपोर्टहरू विश्वास गर्ने हो भने, शो अस्थायी रूपमा बन्द हुने छ। यसका पछाडि निम्न कारणहरु भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
‘द कपिल शर्मा शो’ केही समयका लागि बन्द हुने जानकारी आएको छ । यसको पछाडिको कारण कपिलले आफ्नो परिवारसँग केही समय बिताउन ब्रेक लिन चाहन्छन् । साथै, निर्माताले यस ब्रेकमा शो र केही कलाकारमा परिवर्तन ल्याउने मौका पनि पाउनेछन् ।
एक मिडिया रिपोर्टका अनुसार द कपिल शर्मा शोसँग सम्बन्धित एक स्रोतले भने, ‘सिजन ब्रेकले शोको लागि साँच्चै काम गरेको छ, जसले हामीलाई सामग्री र कलाकारको हिसाबले सुधार गर्ने अवसर दिएको छ। साथै, कमेडी एक कठिन विधा हो र कलाकारहरूलाई ब्रेक चाहिन्छ ताकि तिनीहरू पनि बोर नहोस्। मिडिया रिपोर्टका अनुसार यसको फाइनल मिति भने तय भइसकेको छैन तर टिमले मे महिनामा सुटिङ पूरा गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । यसरी सिजनको अन्तिम एपिसोड जुनमा स्ट्रिम हुनेछ।
कपिल शर्माको बारेमा कुरा गर्दै श्रोतले थप भन्यो, ‘कपिल शर्माको अन्तर्राष्ट्रिय भ्रमण पनि छ, त्यसैले पनि ब्रेक लिने निर्णय गरिएको छ । टोलीले अन्तिम सुटिङको तयारी गरिरहेको छ । साथै यो शो कुन दिन अफ एयर हुनेछ भन्ने विवरण भने आउन बाँकी छ । यसैबीच, शोका निर्माता वा कमेडियन कपिल शर्माबाट यी रिपोर्टहरूको बारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन।





















प्रतिक्रिया