काठमाडौं । गायिका सुनिता थेगिमको नयाँ गीत ‘म पर्खिरहेछु’ सार्वजनिक भएको छ । प्रयास दुमी राईको शब्द रहेको यो गीतले एउटा प्रे मिकाले प्रेमीप्रति गरेका आग्रहहरु समेटिएका छन् ।
सुनितालाई मुस्कान मुकारुङले साथ दिएका छन् । यो गीतमा शन्तकुमार राई र अनुशा राईको जीवन्त अभिनय रहेको छ । म्यूजिक भिडियोमा शान्त र अनुशाको केमिस्ट्री जमेको छ ।
भिडियोमा काठमाडाैं र ललितपुरका मनहारी ठाउँहरु समेटिएका छन् । भिडियोमा समेटिएका दृष्यहरुले विस्तारै जमेको रोमान्सलाई थप पुष्टि गर्छ ।
थेगिमकै संगीत रहेको यो गीत देवेश राईले एरेन्ज गरेका हुन् । इशक जगेवूको निर्देशन, छायाँकन र सम्पादन रहेको भिडियो एस के आर पिक्चरबाट सार्वजनिक गरिएको छ ।
भिडियाे हेर्नुहाेस्





















प्रतिक्रिया