Logo

मनोरञ्जन

लक्ष्मी थापाको शब्दमा उमेश राउतको ‘यात्रा’ सार्वजनिक (भिडियोसहित)



काठमाडाैं । उमेश राउतको गीत ‘यात्रा’ सार्वजनिक भएको छ । लक्ष्मी थापाको शब्द र लाबोनीप्रमोदको सङ्गीत रहेको यात्रा शनिरबार सार्वजनिक भएको हो । गीतमा सुरुसँग अन्त्य भएको अधुरो प्रेमकहानी प्रस्तुत गरिएको छ । प्रेमिकासँगको बिछोडपछि जिन्दगीका अनेकौँ सपनाको यात्रा पनि मोडिएको र त्यसको कारण आफ्नी प्रेमिकालाई मान्दै गीतमार्फत गुनासो गरेका छन् ।

यदि उनको साथ पाएको भए जिन्दगीको यात्रा र गन्तव्य नै फरक हुनेथियो तर त्यस्तो नभएर आफ्नो जिन्दगी आँशुमा डुबेको भाव गीतमा व्यक्त भएको छ । गीतको भिडियोमा गायक स्वयम फिचर्ड छन् भने गीतकार लक्ष्मी थापालाई पनि देख्न सकिन्छ । मीठो शब्द अनुसारको सङ्गीत अनि सङ्गीत संयोजनसँगै गायकीले गीत कर्णप्रिय बनेको छ ।

चर्चित सङ्गीतकार तथा गिटारिस्ट सचिन सिंहले सङ्गीत संयोजन गरेको गीत अकोस्टिक नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । दिल साकीले रेकर्ड गरेको गीतलाई प्रकाश मिश्रले मिक्सिङ र मास्टरिङ गरेका हुन् । त्यसैगरी भिडियोसम्बन्धी सम्पूर्ण काम दिपेश गिरीले गरेका हुन् । गीत ‘उमेश राउत’ युट्युब च्यानलसँगै विभिन्न डिजिटल प्लाटफर्ममा हेर्न र सुन्न सकिन्छ ।

भिडियो हेर्नुहोस्:-

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार १६:४०   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।