Logo

राजनीति

चितवन–२ मा रवि लामिछानेलाई दोब्बरभन्दा बढी मतान्तरको अग्रता



चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार रवि लामिछानेले दोब्बरभन्दा बढी मतान्तरको अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले ६ हजार ५६८ मत पाएका छन् ।

रविका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामप्रसाद न्यौनेले २ हजार ८६१ मत प्राप्त गरेका छन् । एमालेका न्यौपानेभन्दा रास्वपाका लामिछाने ३ हजार ७०७ मतले अगाडि छन् ।

तेस्रो स्थानमा रहेका कांग्रेसका जीतनारायण श्रेष्ठले २ हजार ६८८ मत पाएका छन् । श्रेष्ठ सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बेनका हुन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार २०:५१   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।