वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।
सुरूवातमा अग्रता बनाएका यादवलाई केही समय जनमत पार्टीका शिवचन्द्र कुशवाहले पछि पारेका थिए । तर पुनः यादवले अग्रता लिँदै त्यसलाई कायम राख्ने क्रममा उनले ३ हजार २१४ मत पाएका छन् ।
कुशवाहाले २ हजार ८१३ मतका साथ यादवलाई पछ्याइरहेका छन् । यस्तै तेस्रो स्थानमा रहेका नेकपा एमालेका पुरुषोत्तम पौडेलले १ हजार ३३५ मत पाएका छन् । रास्वपाका रमेश खरेलको ६४१ मत रहेको छ । मतगणना जारी छ ।




















प्रतिक्रिया