Logo

राजनीति

तनहुँ–१ मा स्वर्णिम वाग्लेलाई भारी मतान्तरकाे अग्रता



तनहुँ । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा स्वर्णिम वाग्लेले मतगणनाको सुरुवातदेखि नै लिएका अग्रता कायमै राखेका छन् । उनले अग्रता थप बढाउने क्रममा २५ हजार १४१ मत पाएका छन् ।

वाग्लेका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले १४ हजार ४६२ मत ल्याएका छन् ।

यसैगरी तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ७ हजार ९१ मत प्राप्त गरेका छन् । यी बाहेक तनहुँ १ मा कुनै पनि उम्मेदवारले डेढसय मत कटाउन सकेका छैनन् । मतगणना जारी छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार २१:०८   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।