Logo

राजनीति

चितवन–२ मा रवि लामिछानेलाई तेब्बरभन्दा बढी मतान्तरको अग्रता



चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले भारी मतान्तरको अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार उनले १० हजार १३० मत पाएका छन् ।

रविका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामप्रसाद न्यौनेले ३ हजार ३५७ मत प्राप्त गरेका छन् । एमालेका न्यौपानेभन्दा रास्वपाका लामिछाने तेब्बरभन्दा बढी ६ हजार ७७३ मतले अगाडि छन् ।

तेस्रो स्थानमा रहेका कांग्रेसका जीतनारायण श्रेष्ठले ३ हजार १६८ मत पाएका छन् । श्रेष्ठ सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । मतगणना जारी छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार २१:३६   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।