Logo

मनोरञ्जन

हिमालय लोकस्टारको उपाधि विश्वकर्मालाई



काठमाडौं । नेपाली गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को दोस्रो शृङ्खलाको विजेता बलराम विश्वकर्मा बनेका छन् ।

बुधबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा विजेता विश्वकर्मासँगै सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्तीमगर र पीएन साइँला भएका थिए । विजेता बनेसँगै लोकस्टार विश्वकर्माले रु १५ लाखसहित अन्य पुरस्कार प्राप्त गरेका हुन् ।

“मैले यो सपनाको कल्पना गरेको थिइन् । हामीजस्ता प्रतिभालाई मञ्च दिनुभयो । यसलाई हामीले सदुपयोग गरेका हौँ”, उनले भने । विजेता विश्वकर्मालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले ट्रफीसहित पुरस्कार प्रदान गरेका हुन् ।

प्रतियोगितामा साइँला फस्ट रनरअप अर्थात् उपविजेता घोषित भए । उनले रु तीन लाख नगदसहित पुरस्कार गरे । यस्तै क्षेत्री सेकेण्ड रनरअप अर्थात् तेस्रो घोषित हुँदै रु दुई लाखसहित अन्य पुरस्कार प्राप्त गरेका हुन् ।

भोटका आधारमा विजेता चयन भएको लोकस्टारमा महागुरुको रुपमा कुमार बस्नेत र गुरुको रुपमा राजु परियार, रामजी खाँण र कुलेन्द्र विश्वकर्मा रहेका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार ०८:२७   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।