Logo

प्रमुख समाचार

एलिना चौहानको स्वरमा ‘ए धोकेबाज’ सार्वजनिक



काठमाडौं । पछिल्लो समयको अत्याधिक लोकप्रिय गीत ‘धोकेबाज हौँ तिमी’ की गायिका एलिना चौहानको स्वरमा नयाँ गीत ‘ए धोकेबाज’ सार्वजनिक भएको छ । लामो समयदेखि अमेरिका रहेर नेपाली गीत, संगीत र साहित्यमा सक्रिय गीतकार रमेश लुइँटेलको शब्द रचना रहेको गीत ‘ए धोकेबाज’ मा नविन कार्कीको संगीत र बिशाल निरौलाको एरेन्ज रहेको छ।

मायाप्रेम र बिछोडलाइ बेजोड रुपमा देखाइएक गीतको भिडियोमा समीप निरौला , निक्स शर्मा र आभा शर्मा लगायतको अभिनय रहेको छ। युवा निर्देशक प्रहिल कार्कीले गीतको भाव अनुसार भिडियोलाई शसक्त रुपमा प्रस्तुत गरेका छन । उत्तम हुमागाईको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको भिडियोलाइ नेपाली मेलोडिज च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार १४:०९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।