Logo

धाकधम्की दिई चन्दा असुली गरेको अभियोगमा दुई जना पक्राउ



बाँके,धाकधम्की दिई चन्दा असुली गरेको अभियोगमा कालिकोट त्रिवेणी गाउँपालिका-९ घर भएका ३० वर्षीय राम तिरुवा र कालिकोट नरहरीनाथ गाउँपालिका-६ घर भएका भरत बिकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तिरुवा र बिकले बाँके जानकी गाउँपालिका र खजुरा गाउँपालिकाका विभिन्न वडामा धाकधम्की दिई चन्दा असुली गर्दै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले नगद १२ हजार रुपैयाँ सहित उनीहरुलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार १२:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।