Logo

मनोरञ्जन

‘जारी’ले मनायो ५१औँ दिन, अझै २९ वटा हलमा प्रदर्शनरत



काठमाडौं । नेपाली फिल्म ‘जारी’ले प्रदर्शनको ५१औं दिन मनाएको छ । सिनेमाले आज प्रदर्शनको ५१ औं दिन मनाएको हो । सिनेमाले २९ वटा हलमा ५१औं दिन मनाएको हो ।

निर्माण पक्षका अनुसार काठमाडौं उपत्यकाका १८ र उपत्यका बाहिरका ११ वटा हलमा ५१औं दिन मनाएको हो । यी हलमा अहिले पनि सिनेमा प्रदर्शनरत छ ।

दर्शक र समीक्षक दुवैले मन पराएको ‘जारी’लाई उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन् । निर्देशक सुब्बा आफैँले सिनेमाको कथा पनि लेखेका हुन् । निर्माता रामबाबु गुरुङ हुन् ।

वैशाख १ गतेबाट रिलिज भएको सिनेमा ‘जारी’ले वितरकका अनुसार हालसम्म १७ करोड ४३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । सिनेमामा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन् ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार १४:२३   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।