Logo

शिक्षा

माहागढीमाई नगरपालिका नगर प्रमुख यादवद्धारा चार कोठे भवनकाे शिलान्यास



बारा । बारा जिल्लाकाे माहागढीमाई नगरपालिका नगर प्रमुख उपेन्द्र यादवले चार काेठे विद्यायल भवनकाे शिलान्यास गरेका छन् । नगर प्रमुख यादवले वडा न. १० गन्ज भवानिपुर श्री भोला उच्च माध्यमिक विद्यायलकाे चार कोठे भवनको शिलान्यास गरेका हुन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४५ लाख लागतमा साे भवन निर्माण हुने उच्च मा.विका प्रमुख जय किशोर प्रसाद यादवले बताए । श्री भोलि उच्च मावीका प्राध्यानाध्यापक रामाकान्ता प्रसाद गुप्ताले उक्त भवन ६ महिना भित्र सम्पन्न हुने बताए । शिलान्यास कार्यक्रममा उप मेयर, वडा अध्यक्ष गाउँघरको बुद्धिजीवी शिक्षक लगायतका व्यक्तिहरुको उपस्थिति रहेकाे थियाे ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार १०:५५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।