काठमाडौं । काठमाडाैं महानगरपालिकाले दुई वटा स्कुलमा लगाइएको ताला फुटाएर पठनपाठन सुरु गराएको छ । महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहको निर्देशनमा शिक्षा विभागले ती विद्यालयमा पुगेर ताला फुटाउँदै पठनपाठन सुरु गराएका हुन् ।
मेयर शाहले काठमाडौं महानगरपालिकाको प्रमुख प्राथमिकता शिक्षा भएकाे भन्दै राजनीतिक दलका भातृ संगठनले लगाएकाे ताला फाेड्न निर्देशन दिएकाे बताएका छन् । ‘हामी महानगरभरिका विद्यालयहरूको गुणस्तर सुधार गर्न निरन्तर लागिपरेका छौँ र महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने विद्यालयको अनुगमन र नियमन गर्ने हो’, उनले भनेका छन्, ‘यदि कुनै विद्यालयले नियमको पालना नगरे काठमाडौं महानगरपालिकालाई उजुरी गर्ने हो ।’
पढ्ने ठाउँमा ताला लगाएर अमुक दलको शैक्षिक सङ्गठनले अपराध गरेको शाहको भनाइ छ । ‘चाहे सो विद्यालय सरकारी होस् वा निजी, हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौँ’, उनले बताए । त्यसैले महानगर भित्रका विद्यालयमा लगाएको ताला फोरेर नियमित शैक्षिक क्रियाकलाप अगाडि बढाइएको उनको भनाइ छ ।





















प्रतिक्रिया