अधिकारीले ‘कोत पर्व’ चलचित्रका लागि लेखन कार्य भइरहेकोे बताएका छन्। ‘नालापानी हेरेपछि दर्शकको पनि अपेक्षा बढेको छ । हाम्रै नेपालको घटनाक्रमलाई पर्दामा देखाएर नयाँ पुस्तासम्म पु¥याउनु हामी चलचित्रकर्मीको दायित्व पनि हो’, निर्देशक अधिकारीले भने,’यो चलचित्र निर्माण सहज छैन, यद्यपि समय लगाएर पनि यसलाई पर्दामा ल्याउनेछु । यस्ता चलचित्रलाई निर्माण गर्न राज्यले पनि प्रोत्साहन दिनु आवश्यक छ।’
पछिल्लो चलचित्र नालापानीमा चलचित्रसँग सम्बन्धित सङ्घसंस्था र राज्यबाट अपेक्षाकृत सहयोग नपाएको उनको गुनासो थियो । ‘कोतपर्व’ महेश दवाडीले लेखिरहेका छन् ।
‘कोत पर्व’ को त्यो इतिहास
राजा राजेन्द्रका दुई रानीमध्ये जेठी रानी साम्राज्यलक्ष्मीको मृत्यु पछि कान्छी रानी लक्ष्मीदेवी राजकाजमा सक्रिय हुन थालिन्। उनी युवराज सुरेन्द्रलाई हटाएर आफ्नो छोरा रणेन्द्रलाई गद्दीको उत्तराधिकारी बनाउन चाहन्थिन्। त्यसको लागि उनले माथवरसिंह थापालाई प्रधानमन्त्री बनाइन्। तर त्यसलाई स्वीकार गर्न माथवरसिंहले नमानेपछि उनको हत्या गराइयो।
रानी लक्ष्मीदेवीको विश्वासपात्र तथा मन्त्रिपरिषद्का सदस्य गगनसिंहले रानीको आडमा गर्ने मनपरी तन्त्रका कारण तत्कालीन श्री ५ राजेन्द्र उनलाई पन्छाइ आफ्ना विश्वासपात्र फत्तेजङ चौतारियालाई प्रधानमन्त्री बनाउन चाहन्थे । रानीको दबदबा रहेको तत्कालिन परिवेशमा गगनसिंह पछि रानीको कोही आफ्नो बनेको थियो भने ती जङगबहादुर राणा नै थिए । तर तत्कालीन श्री ५ राजेन्द्रबाट आफ्नो योजनालाई मुर्त रुप प्रदान गर्न वि. सं. १९०३ भदौ ३१ गते राती गराइएको गगनसिंहको हत्याबाट जङबहादुरलाई सत्तामा आउन ठूलो मद्दत प्रदान गरेको इतिहासमा भेट्टाइन्छ ।
आफ्ना विश्वासपात्रको रहस्यमय हत्याले बिक्षिप्त बन्न पुगेकी रानीले हत्याबारे जङगबहादुरसँग परामर्श गर्दा यसमा ठूला-ठूला मनिसको हात रहेकोले सबै भारदारहरुको निशस्त्र भेला भएको बेला इशाराले हत्यारा देखाइदिन सक्ने राय उनले रानीलाई दिए । रानीको आज्ञाबाट चौतारिया अभिमानसिंह बस्नेतले बि. सं. १९०३ आश्विन २ गते शनिबारको मध्यरातमा शामेलिको बिगुल बजाउन लगाई भारदाराहरुलाई कोतमा हाजिर गराए । आधारातमा भएको शामेलिमा सम्पू भारदारहरु निशस्त्र नै प्रस्तुत थिए ।
एक अर्कामा भनाभन हुँदा जंगबहादुर राणाका मानिस युद्दवीर अधिकारीद्वारा सर्वप्रथम अभिमानसिंह बस्नेत मारिएपछि स्थिति चर्किदैँ जाँदा अभिमानका साथै तत्कालिन प्रधानमन्त्री फत्तेजङ्ग शाह, दलभंजन पाण्डेलगायत धेरै जनाको हत्या भएको कोतको हत्याकाण्डलाई नेपालको इतिहासमा सबैभन्दा ठूलो हत्याकाण्ड मानिन्छ ।
इतिहासकार पुरुषोत्तम शमशेरले यस हत्याकाण्डमा ५५ जवानको हत्या भएको निष्कर्ष प्रस्तुत गरेका छन । यद्दपी यो हत्याकाण्डमा ३१ जवानको हत्या भएको, २९ भागेको, ३ मुडिएको, ५ परिवार सहित र २१ एकल रुपमा देश निकाल गरिएको तथ्य देख्न पनि भेटिन्छ । यो काण्डले जंगगबहादुरको उदय गराइ तत्कालिन नेपालको अस्थिर राजनीतिलाई १०३ बर्षे राणा शासनतिर मोडेको थियो ।
















प्रतिक्रिया