काठमाडौं । अब निजी विद्यालयले अनिवार्य रुपमा के–के शीर्षकमा शुल्क लिने गरेको छ भन्ने सम्पूर्ण विवरण काठमाडौं महानगरपालिकालाई बुझाउनुपर्ने छ । काठमाडौं महानगरमा निजी विद्यालयले अनिवार्य ११ को शुल्क विवरण बुझाउन काठमाडौँ महानगरका मेयर बालेन शाहले नै दवाब दिएका छन् । फेसबुकमा सूचनाशेयरगर्दै मेयरले निजी विद्यालयलाई अनिवार्य ११ को शुल्क विवरण बुझाउन दवाब दिएका हुन् ।
काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै के के शीर्षकमा शुल्क कति लिने हो भन्ने विवरण बुझाउनु भनेको छ । महानगरले यो शैक्षिक सत्रमा भर्ना भएका सबै विद्यार्थीहरुबाट लिइने शुल्क विवरणको जानकारी महानगरमा बुझाउन भनेको छ ।
महानगरले विद्यालय व्यवस्थापन समितिको निर्णयसहित आउँदो असार मसान्त भित्र कुन कुन शीर्षकमा शुल्क लिइएको छ भन्ने सम्पूर्ण विवरणहरु महानगरपालिकामा बुझाउन भनेको छ । यो सँगै निजी विद्यालयले मनपरी शुल्क लिन नपाउने भएका छन् ।






















प्रतिक्रिया