काठमाडौं । महानगरपालिका भित्र सञ्चालित निजी विद्यालयहरुको छात्रवृत्ति छनौंटको परीक्षा काठमाडौं महानगरपालिकाले नै गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाले झण्डै दुई हप्ता अघि निजी विद्यालयलाई ऐन अनुसार विद्यार्थीलाई छात्रवृत्ति दिन र छात्रवृत्ति पाएका विद्यार्थीको नाम लिष्ट उपलब्ध गराउन भनेको थियो । तर यो कदमभन्दा अगाडि बढ्दै महानगरपालिकाले निजी विद्यालयमा छात्रवृत्ति दिने गरी आफैँले परीक्षा सञ्चलन गर्ने भएको छ । निजी विद्यालयले विद्यार्थीलाई छात्रवृत्ति ऐनअनुसार नदिएको भन्दै महानगरले कानुनी दायरामार्फत छात्रवृत्तिको व्यवस्था सुनिश्चित गर्न लागेको हो ।
‘काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ तथा शिक्षा नियमावली, २०७४ मा व्यवस्था भए बमोजिम काठमाडौँ महानगरपालिका अन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिको लागि विद्यार्थी छनोट सम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०/०८१ देखि काठमाडौँ महानगरपालिकाले आफै नै सञ्चालन गरी सामुदायिक विद्यालयमा अध्ययन गरेको , जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाती, आदिवासी,गरिव लगायतका छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति प्रदान गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’, मेयर बालेन शाहले आफ्नो फेसबुक अकाउन्टमा पोष्ट गरेका छन् ।
यो प्रक्रियाले निजी विद्यालयलाई छात्रवृत्ति अनिवार्य रुपमा दिन बाध्य पार्ने देखिन्छ ।





















प्रतिक्रिया