Logo

अर्थ

जुम्लाकाे चन्दननाथ नगरपालिकामा कुमारी बैंककाे शाखा विस्तार 



काठमाडाैं । जुम्लाको चन्दननाथ नगरपालिका- ६ मा कुमारी बैंकले शाखा विस्तार गरेकाे छ । कम्पनीले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको बताएको छ ।

बैंकले आगामी दिनहरूमा थप शाखा विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्‍याउने योजना बनाएको  छ । विगत २२ वर्षदेखि निरन्तर सेवा दिँदै आएको बैंककाे देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ वटा एटीएम, ४९ वटा एक्सटेन्सन काउन्टर तथा ६४ वटा शाखारहित बैंकिङ इकाईहरू सञ्चालनमा छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार १८:५२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।