काठमाडौं- सुन तस्करिमा संलग्न गिरोह पुन: सक्रिय बन्न थालेको छ। गत साउन २ गते मा हङकङकबाट काठमाडौं ल्याइएको ६० किलो सुन त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको थियो। त्यसयता सानो परिमाणमा सुन बरामद भए पनि ठूलो मात्रा सुन भित्रिएको पाइएको थिएन।
तर, पछिल्लो समय पुन: सुन तस्करहरू सक्रिय बन्न थालेका छन्। शनिबार रातिमात्र विमानस्थलबाट ६.५६५ केजी सुनसहित विमानस्थलबाट इजिप्टका नागरिक पक्राउ परेका छन्।
विमानस्थल भन्सार प्रहरीले शनिबार राति ११:५१ मा फ्लाई दुबईको उडानबाट नेपाल आएका इजिप्टका नागरिक ३३ वर्षीय मोहम्मद लासिनलाई पक्राउ गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेपछि अन्य यात्रुसँगै उनी निर्धक्कका साथ विमानस्थलस्थित भन्सार कार्यालयको चेक पोइन्टमाबाट बाहिरिएका थिए। ‘एक्सरे मेसिन’अगाडि उभिएर चेकजाँच गर्दा उनीमाथि कुनै संका भएन। त्यसपछि ‘वाक थ्रु गेट’ बाट पनि उनी बाहिरिन सफल भए। दुवै मेसिनले उनको शरीरमा शंकास्पद वस्तु रहेको देखाएन।
उनी गन्तव्यतर्फ प्रस्थान गर्दैगर्दा भने प्रहरीमाथि संका लाग्यो। र, कपडा खोल्न लगाएर हेर्दा शरीरको भित्री भागमा लुकाएको अवस्थामा ६.५६५ केजी सुन बरामद भयो।
यसरी लगालग सुन भित्रिनु र मेसिनले जाँच गर्दासमेत पत्ता नलाग्नुले पुन: विमानस्थलमा रहेको ‘एक्सरे’ र ‘वाक थ्रु गेट’ मेसिनमाथि संका पैदा भएको छ।
यसको एक दिनअघिमात्र शुक्रबार राति फ्लाई दुबईको एफजेट ५७३ जहाजमा गोरखाका चन्द्र घलेले बोकेर ल्याएको १४ केजी सुन बरामद भएको थियो। उक्त सुन भने पूर्वसूचनाका आधारमा भन्सार कर्मचारीले नै बरामद गरेका थिए।
यसरी लगालग सुन भित्रिनु र मेसिनले जाँच गर्दासमेत पत्ता नलाग्नुले पुन: विमानस्थलमा रहेको ‘एक्सरे’ र ‘वाक थ्रु गेट’ मेसिनमाथि संका पैदा भएको छ।
गत २ साउनको भित्रिएको ६०.७१६ केजी सुन पनि ‘एक्सरे’ र ‘वाक थ्रु गेट’ मेसिनले चिनेको थिएन। स्कुटर र मोटरसाइकलको ‘बे्रकसु’भित्र लुकाइएको उक्त सुनलाई ट्याक्सीमा राखिसकेको अवस्थामा प्रहरीले बरामद गरेको थियो।
गत पुस १० गते भित्रिएको ११ केजी सुन पनि बिमानस्थालका मेसिनले चिन्न सकेनन्।
उनले प्रयोगमा रहेको एक्सरे मेसिन अन्तर्राष्ट्रिय मापदण्डअनुसारकै भएको दाबी गरे।
तर, त्रिभुन विमानस्थल भन्सार कार्यालय भने आफ्नो कमजोरी स्वीकार्न तयार छैन।
विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डे आफूहरूको सक्रियता बढेकाले सुन तस्करमा संलग्न गिरोह नियन्त्रमा आइरहेको दबी गर्छन्।
‘पछिल्लो समय हाम्रो सक्रियता बढेको हो। प्रविधि प्रफेक्ट छन्। हाम्रो सक्रियता बढेपछि उहाँहरू नियन्त्रणमा आएका हुन्। पछिल्लो घटनामा पनि हामीले भन्सार एरियाबाट तस्कारलाई पक्राउ गरेका हौं। कहिलेकाहिँ फमहरू फेरेर ल्याउँदा सुन नदेखिएको हुनसक्ने भए पनि हाम्रा उपकरण ठिक छन्’, पाण्डेले अनलाइन पानासँग भने।
उनले प्रयोगमा रहेको एक्सरे मेसिन अन्तर्राष्ट्रिय मापदण्डअनुसारकै भएको दाबी गरे। तस्करले अनेक केमिकल प्रयोग गर्ने भएकाले पनि यस्तो समस्या आएको हुनसक्ने उनी बताउँछन्।
यसका साथै आफ्ना कर्मचारीहरू पनि काममा प्रतिवद्ध रहेको उनको भनाइ छ।




















प्रतिक्रिया