काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ। मुद्दाको पेसी न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको छ।
उनको मुद्दाको पेसी पहिलो नम्बरमा छ। सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएकोdf अहिलेसम्म फैसला हुन सकेको छैन।
नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा १४ कात्तिक २०७९ मा लामिछानेविरुद्ध मुद्दा दायर भएको थियो।




















प्रतिक्रिया