Logo

जनप्रतिनिधि

जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले ‘विदेशी दलाल’ भनेर चिनेको बालेनप्रति हर्कको कटाक्ष



काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले बालेन शाहप्रति कटाक्ष गर्न जारी राखेका छन् ।

पछिल्लो सामाजिक सञ्जाल पोष्टमा हर्क साम्पाङले बालेनलाई ‘विदेशी दलाल’ भनेका छन् ।उनले बालेनले पछिल्लो समय सामाजिक सञ्जालमा लेखेका स्ट्याटसप्रति टिप्पणी गर्दै विदेशी दलालु को स्ट्याटस बेमौसमी गीत मात्रै भएको उल्लेख गर्दै देशको अवस्था खरानी बनाएर घरी एम्बुलेन्स र घरी छात्रवृत्ति भनेको भन्दै अब जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले ‘विदेशी दलाल’ भनेर चिनिसकेको बताएका छन् ।

उनले भनेका छन्, ‘विदेशी दलालको स्ट्याटस बेमौसमी गीत मात्रै हो ! देशको वस्था खरानी बनाएर घरी एम्बुलेन्स रे, घरी छात्रवृत्ति रे, भो अब जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले चिनिसक्यो विदेशी दलाल भनेर !’

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार २२:०९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।