Logo

प्रमुख समाचार

उपत्यकामा ट्राफिक जाँचमा कडाइ (तस्बिरहरू)



काठमाडौं   उपत्यका ट्राफिक प्रहरी कार्यालयले फागु पर्व ९होली० लाई सुरक्षित, मर्यादित बनाउन उपत्यकामा सुरक्षा कडाइ गरेको छ ।
बिहानैदेखि उपत्यकाका विभिन्न ठाउँका चोकचोकमा प्रहरीले चेकिङ सुरु गरेको थियो । अवाञ्छित र उच्छृङ्खल गतिविधि हुन नदिन काठमाडौँमा बिहानैदेखि चेकजाँचको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।काठमाडौं उपत्यका प्रवेश गर्ने सबै नाकाहरु र अन्य ९० स्थानमा बिहान ७ बजेदेखि नै चेकजाँचको व्यवस्था मिलाइएको छ ।
दिउँसो २ बजेसम्‍ममा काठमाडौं उपत्यकाका तीन जिल्लाका विभिन्न ठाउँहरुमा गरेर २२५ मोटरसाइकल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तस्बिरहरू:

प्रकाशित मिति : ११ चैत्र २०८०, आईतवार १५:४२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।