लेटाङ- मोरङको लेटाङ नगरपालिका-२ मा रहेको एकीकृत जनभावना वचत तथा ऋण सहकारीको मुख्य कार्यालय र खैरेनी सेवा केन्द्रमा एकैपटक चोरी भएको छ। एकै पटक चोरी भएपछि सेयर सदस्यहरूले गम्भिर आपत्ति जनाएका छन्।
एकैपटक मुख्य कार्यालय र खैरेनी सेवा केन्द्रमा आर्चश्यजनक तरिकाले चोरीभएपछि सेयर सदस्यहरूले गम्भिर आपत्ति जनाएका हुन्। सेयर सदस्य तथा स्थानीय संघ संस्थाले गम्भिर ध्यानाकर्षण भएको भन्दै सत्यतत्य छानबिनका लागि सहकारीको सञ्चालक समितिलाई ज्ञापन पत्रसमेत बुझाएका छन्।
सहकारीको करिब १३ लाख चोरी भएको हो। ‘एकिकृत जनभावना सहकारी मोरङको दोस्रो ठूलो सहकारी हुनु आफैँमा गौरवको कुरा हो’, ज्ञापन पत्रमा भनिएको छ, ‘सहकारी ऐन, मूल्य र मान्यतामा सहकारी नचल्नुमा हाम्रो आपत्ति छ।’
ठकुरी समाज महासंघका अध्यक्ष तथा सेयर सदस्य महेन्द्र ठकुरीले घटनालाई सञ्चालक समितिले मिलेमतो र राजनीतिक आडमा सामसुम पार्ने खेल गरिरहेको बताए।
एनले सत्यतथ्य घटना बाहिर नल्याए दुर्घटनाको स्थिति निम्तिने उल्लेख गरे।
सेयर सदस्यहरूले घटनाबारे सोधखोज गरे सन्चालक समिति गैरजिम्मेवारी पनदेखाउँदै, सिसि टिभि फुटेज गायव पारिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।




















प्रतिक्रिया