Logo

प्रमुख समाचार

गृहमन्त्रीको गणतन्त्र दिवसमा नयाँ घोषणाः महिला ट्राफिकलाई चार दिन महिनावारी बिश्राम

ट्राफिक नियम उलंङ्घन गर्नेले ट्राफिक प्रहरीकाे रुपमा स्वयम् सेवक बन्नुपर्ने



काठमाडौँ । महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु नपर्ने भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको दिन यस्तो घोषणा गरेका हुन् ।

महिनावारी भएकाे समयमा महिनाको ४ दिन महिला ट्राफिक प्रहरीको सट्टा मापसेलगायत ट्राफिक नियमको उलंघन गर्नेहरुलाई स्वयम् सेवकका रुपमा ट्राफिक प्रहरीकाे रुपमा खटाइने गृहमन्त्री लामिछानेले बताएका छन् ।

गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिदै लेखेका छन्, ‘गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयासः अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको  साटो सडकमा सघाउनुहुनेछ।’

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १२:२७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।