Logo

मनोरञ्जन

विष्णु माझीको तीज गीत ‘आइनँ आमा’ सार्वजनिक (भिडिओ)



काठमाडौँ । गायिका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ । शनिबार बिहान युट्युबमा सार्वजनिक ‘आइनँ आमा’ बोलको गीतमा माझीको एकल स्वर छ ।

पुतलीको भट्टी -भाग २० अन्तर्गत सार्वजनिक गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन् । गीतको भिडियोलाई सुन्दरमणिले नै निर्देशन गरेका हुन् ।

मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओलाई शम्भु चालिसेले छायांकन र प्रविन भट्टले सम्पादन गरेका हुन् । ‘पुतलीको भट्टी-भाग २०’ पनि विष्णु माझीको आफ्नै सपना म्युजिक इन्ड्रष्टिजको युट्युबमा गीत सार्वजनिक छ ।

 

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार १०:३३   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।