काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रीले बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरेको थियो। जसमा डिसीसहित दीपा पाण्डे र राजेश थापा रहेका थिए ।
बोर्डको अध्यक्षका लागि अभिनेत्री करिश्मा मानन्धरले पनि आवेदन दिएकी थिइन् । यद्यपी उनले तीनजनाको सर्टलिस्टमा पर्न सकिनन् । आवेदन दिएका मध्ये सिफारिस भएका ३ जनासँगै मानन्धर, प्रकाश भट्टराई र अर्जुनकुमार डंगोलसहित ६ जनाको आवेदन स्वीकृत भएको थियो ।





















प्रतिक्रिया