Logo

मनोरञ्जन

नयाँ गीत ‘शुभकामना दसैंको’ सार्वजनिक



काठमाडाैं । दसैं नजिकिँदै जादा गीतको गुञ्जायमान आवाज सुन्न थालिएको छ । असोज महिना लागेसँगै नेपालीहरूमा दसैंको हर्ष उल्लास बढ्न थालेको छ ।

यस वर्षको दसैं तिहारको सुरुवातमै गायक पशुपति शर्मा, बसन्त थापा, कुलेन्द्र विश्वकर्मा र गायिका समीक्षा अधिकारीको स्वरमा ‘शुभकामना दसैंको’ बोलको गीत सार्वजनिक भएकाे छ ।

गीतमा शब्द/संगीत सूर्य न्यौपानेकाे रहेकाे छ ।

गीतमा गायक तथा मोडल बसन्त थापा, कुलेन्द्र विश्वकर्मा, लोमश शर्मा, रजनी गुरुङ, नारायणी खत्री र जुन विश्वकर्माले अभिनय गरेका छन् ।

मौसम हिमालीकाे निर्देशन/कोरियोग्राफर र नविन घर्ती मगर सम्पादकमा गीत तयार भएकाे हाे ।

प्रकाशित मिति : २ आश्विन २०८१, बुधबार ११:५६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।