Logo

मनोरञ्जन

रचना रिमाल र निर्मल दियालीको पूर्वेली भाका ‘शीतल छायाँमा’ सार्वजनिक



काठमाडाैं । रचना रिमाल र निर्मल दियालीको आवाजमा पूर्वेली भाका ‘शीतल छायाँमा’ सार्वजनिक भएको छ । खोम गुरुङको शब्द रहेको गीत के एन क्रियसन युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

गायक निर्मल दियालीकै सङ्गीत अनि पुरुषोत्तम सुवेदीको सङ्गीत संयोजन रहेको पूर्वेली टिपिकल लोकलयमा आधारित गीतका शब्द पनि त्यस्तै सुन्दर रहेका छन् ।

कुबेर तामङको कथा र निर्देशन रहेको भिडियोमा रेनुका मगर, लय संग्रौला, हिरा देवी श्रेष्ठ, रुपा थापा बत, प्रकश तिवारी, रबिन दाहाल, अमरदीप खाती र गायक तथा सङ्गीतकार दियालीको अभिनय छ ।

नितिन तामाङको नृत्य निर्देशन र नवीन सुनुवारले छायांकन र कलर एडिट गरेका छन् । अकोस्टिक नेपाल रेकर्डिङ स्टुडियोमा राजाबाबु थारु र दिल समर्पणले रेकर्ड गरेको गीतलाई प्रकाश मिश्रले मिक्सिङ मास्टरिङ गरेका हुन् ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार १३:४५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।