Logo

मनोरञ्जन

कासालाउन्जले आगामी असोज १९ गते दशैं विशेष सांगितिक कार्यक्रम गर्ने



काठमाडाैं । कासालाउन्जले आगामी असोज १९ गते दशैं विशेष सांगितिक कार्यक्रम गर्ने भएको छ ।

दरमार्गमा रहेको कासालाउन्जले आफ्नो उत्कृष्ट सेवाबारे जानकारी दिदै दशैं आयो सांगितिक साझ आयोजना गर्न लागेको सञ्चालक रामप्यारा श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार क्लासिक भ्वाइस झल्को दिने गरी ९० दशकका चर्तित गायकहरु कर्णदास, संञ्जय श्रेष्ठलगायतले प्रस्तुति दिने कार्यक्रम रहेको छ । आफ्नै सांगितिक ब्यान्डले पनि विशेष प्रस्तुति हुने सञ्चालक श्रेष्ठले बताए । असोज १९ गते हुने यो कार्यक्रममा ग्राहकहरुलाई विशेष छुटको समेत व्यस्था गरिएको कासालाउन्जले जनाएको छ ।

यसअघि पनि हरेक वर्ष दशैं अवसर पारेर कासालाउन्जले सांगितिक कार्यक्रम गर्दै आएको थियो । यो वर्षको कार्यक्रमले कासालाउन्जको चर्चा र उचाइ थप बढ्ने सञ्चालकको विश्वास छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलवार १३:४२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।