Logo

नेपाली फुटबल टिमले ढाकामा थाल्यो परिक्षण



गत बिहिबार बंगलादेश गएको नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आजबाट ढाकामा प्रशिक्षण थाल्ने जनाएको छ । दुई देशबीचको मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको पिसिआर रिर्पाट नेगेटिभ आएसँगै प्रशिक्षण शुरु गर्न लागिएको हो ।

नेपालले समय अनुसार आज बिहान १०:३० बजेबाट प्रशिक्षण शुरु हुनेछ । नेपाली टिमले बंगलादेशको शेख जमल रंगशालामा ४ दिन प्रशिक्षण गर्ने छन् ।

नेपालले आउँदो कार्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाल र बंगलादेशबीचको दुबै खेल बंगबन्धु राष्ट्रिय रंगशालामा हुनेछ ।फिफा विश्वकप छनोटको दोस्रो चरणको खेल खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्नका लागि बंगलादेश गएको हो ।

 

प्रकाशित मिति : २३ कार्तिक २०७७, आईतवार १०:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।