Logo

मनोरञ्जन

‘ह्रस्व दीर्घ’को गीत ‘भगवान नै आमा हुन्’ सार्वजनिक



काठमाडाैं । यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘ह्रस्व दीर्घ’को दोस्रो गीत सार्वजनिक गरिएको छ ।

‘भगवान नै आमा हुन्’ बोलको गीतमा सत्यराज आचार्यले स्वर दिएका छन् । गीतमा बाबुल गिरीको शब्द रचना र संगीत छ ।

सन्तानका लागि एक आमाले गर्ने संघर्ष, त्याग र समर्पणको भाव गीतमा प्रस्तुत गरिएको छ।

भिडिओमा अभिनेत्री बिपना थापालाई आमाको रूपमा चित्रित गरिएको छ। एक समयकी सफल अभिनेत्री बिपनाले ‘ह्रस्व दीर्घ’ बाट १३ वर्षपछि नेपाली रजतपटमा कमब्याक गरेकी हुन् ।

नीता फिल्मस्को प्रस्तुति, चन्द्र पन्त निर्देशित फिल्ममा नेपाली र भारतीय कलाकारहरूको अभिनय छ ।

हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चीता लुईँटेल, बिपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसी लगायत कलाकारहरूले अभिनय गरेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार १३:००   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।