Logo

मनोरञ्जन

चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक



काठमाडौं । नेपाली फिल्म ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भएको फिल्मको सार्वजनिक दुई क्यारेक्टर पोस्टरमा हलिउड कलाकार जेमी बेकम र डान्सर तथा अभिनेत्री कविता नेपाली देखिएका छन् ।

प्रदीप शाही निर्देशित फिल्ममा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दीया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री , विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ र बालकलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिङलगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय छ ।

राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन निर्माता रहेको फिल्मको कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज हुन् ।

बाबु श्रेष्ठको छायाङ्कन, राजु तामाङको द्वन्द्व रहेको फिल्ममा छ ।

प्रकाशित मिति : ७ पुष २०८१, आईतवार १३:२४   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।