Logo

शिक्षा

त्रिवि उपकुलपति बरालले किन दिए राजीनामा ?



काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएका छन् ।

उनले शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर राजीनामा-पत्र बुझाएका हुन् ।

राजीनामा दिएर उनी शनिबार बिहानै पोखरास्थित घर गएको त्रिवि स्रोतले जनाएको छ। पछिल्लो समय त्रिविमा निम्तिएका घटनाक्रमप्रति उनी असन्तुष्ट रहँदै आएका थिए भने विद्यार्थीले विभिन्न माग राख्दै दबाब दिँदै आइरहेका थिए ।

त्रिवि कुलपति रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत उनी असन्तुष्ट थिए । यद्यपि, उनले राजीनामा दिएको खास कारण भने यति मात्रै नभएको उनको सचिवालय स्रोतले जानकारी दियो। उनको राजीनामा भने स्वीकृत भइसकेको छैन ।

प्रकाशित मिति : १७ चैत्र २०८१, आईतवार ०८:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।