Logo

मनोरञ्जन

दुर्गेश थापाले गाएको ‘कर्मा’को गीत सार्वजनिक



काठमाडाैं । सौरभ चौधरी निर्देशित फिल्म ‘कर्मा’को शीर्ष गीत सार्वजनिक भएको छ । आइतबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको शीर्ष गीत सार्वजनिक गरिएको हो। गीतमा दुर्गेश थापाको स्वर, शब्द तथा संगीत छ ।

असलका लागि असल र खराबका लागि खराब रहेको सन्देश दिएको गीतले जस्तो मान्छे त्यस्तै व्यवहार हुने सत्यलाई उजागर गरेको छ । गीतमा एरेन्ज पनि दुर्गेशले नै गरेका छन् । ब्याकग्राउन्ड भोकल आरसी रिमाल र भुषण खतिवडाको छ।

गीतको भिडिओमा फिल्मका कलाकार विपीन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरीलगायत रहेका छन्। दुर्गेश स्वयंले पनि भिडिओमा राम्रो समय अकुपाइ गरेका छन् ।

फिल्ममा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिव्यदेव, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ । एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ। फिल्मको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।

यो फिल्ममा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको ब्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर-ट्रेलर, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी रहेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८१, सोमबार १२:२४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।