काठमाडौं । संयुक्त ट्रेड यूनियन सञ्जालले संघीय निजामती सेवा विधेयक अघि बढाउन ढिलाई गरिए आन्दोलन गर्ने चेतावनी दिएको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सञ्जालले मुलुक संघीयतामा गएपछि त्यसअनुसारको कानून निर्माण नहुँदा संघीय शासन प्रणाली कार्यान्वयनमा समस्या देखिएको भन्दै संघीय निजामती सेवा विधेयक छिटो अघि बढाउन माग गरेको हो ।
सरकारको नेतृत्वकर्ता नेकपा एमाले र प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको शुभेच्छुक कर्मचारी संगठनसहितका ६ संगठनले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै समग्र कर्मचारीको साझा हितका साथै स्थानीय र अन्य सरकारी सेवाको मार्गदर्शकको रूपमा रहेको संघीय निजामती सेवा ऐन निर्माणको प्रक्रियामा सरोकारवाला पक्षहरूको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेको बताएका छन् ।
एमालेको शुभेच्छुक कर्मचारी संगठन नेपाल निजामती कर्मचारी संगठनकी अध्यक्ष भवानी दाहाल न्यौपाने, कांग्रेस निकट कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष उत्तमकुमार कटुवाल, माओवादी केन्द्र निकट राष्ट्रिय निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टसहितका संगठनका अध्यक्षहरूले हस्ताक्षर गरेको विज्ञप्तिमा १० बुँदे आफूहरूका माग राखिएको छ ।





















प्रतिक्रिया