Logo

शिक्षा

कक्षा १२ को परीक्षा सरेको छैन, हल्लाको पछि नलाग्नू : परीक्षा बोर्ड



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेबाट सञ्चालन हुने गरी तय भएको कक्षा १२ को परीक्षा नसरेको स्पष्ट पारेको छ ।  शिक्षकहरूको आन्दोलनका कारण परीक्षा सरेको भन्दै सामाजिक सञ्जालमा भ्रामक सूचना आएपछि बोर्डले परीक्ष नसरेको बताएको हो ।

‘यही २०८२ साल वैशाख ११ गतेवाट संचालन हुने गरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा विद्यार्थीवर्गमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक संजालमा संप्रेषण गरिएको प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

बोर्डले यस्ता भ्रामक सूचनाको भर नपर्न र आधिकारी वेबसाइटमा प्रकाशित सूचनालाई मात्र ध्यान दिन आग्रह गरेको छ ।

त्यस्तै, विद्यार्थीहरूलाई धैर्यतापूर्वक परीक्षाको तयारीलाई निरन्तरता दिन आग्रह पनि गरिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार १५:४४   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।