Logo

मनोरञ्जन

विपना थापाले साइन गरिन् ‘आ बाट आमा’



काठमाडौं । अभिनेत्री विपना थापा निर्माण हुन लागेको फिल्म ‘आ बाट आमा’मा अनुबन्धित भएकी छन् । यो फिल्मलाई उनको कमब्याक फिल्म ‘ह्रस्व दीर्घ’ फेम्ड चन्द्र पन्तले निर्देशन गर्दैछन् ।

बैशाख २५ गते चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिँदै पन्तले विपना र किस्मत सिंहलाई कलाकारको रुपमा चिनाएका थिए । थापाले ‘ह्रस्वदीर्घ’बाट झण्डै डेढदशकपछि पुनरागमन गरेकी थिइन् ।

फिल्ममा थापाले आमाको चरित्रमा शीर्ष भूमिका निर्वाह गर्नेछिन् । ‘यसमा दर्शकलाई इमोसनल बनाउने कथा छ । त्यसैले यो क्यारेक्टर विपना थापालाई नै सुहाउने भएर अनुबन्ध गरेका हौँं’ निर्देशक पन्तले भने ।

भदौदेखि छायांकन तयारीमा रहेको फिल्मको कथाले आफूलाई प्रोजेक्ट गर्न प्रेरित गरेको विपना बताउँछिन् । कथा सुन्दा निकै भावुक भएको उनले बताएकी छन् । फिल्मले आमा र सन्तानबीचको मर्मस्पर्शी सम्बन्धको कथा पेश गर्ने उनले बताइन् । अन्य कलाकार र प्राविधिकको पनि टुङ्गो छिट्टै लाग्ने निर्देशक पन्तले बताए । फिल्मको प्रदर्शन १५ फागुनलाई तय छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहीबार १४:२१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।